Skip to main content

Ncell New Year Offer 2077 (एनसेलले ल्यायो नयाँवर्षमा आकर्षक योजनाहरु)

Latest Ncell data pack with price and details - NepaliTelecom
Under New Year Offer, customers will be able to make international calls in 15 countries of the world for only Rs 3.18 per minute including Vat. The countries exempted from international call rates include India, Australia, Malaysia, China, Japan, South Korea, Hong Kong, Singapore, United Kingdom UK, Bangladesh, Sweden, New Zealand, Romania, Bhutan and Indonesia. Customers can have discounts on international calls under the scheme by dialing 17107. Customers will also be able to receive this scheme by dialing *17107# or sending SMS writing A to 17107. This plan will be valid for 1 month. Under the new scheme, Ncell has also provided various digital services for the entertainment of its customers like song music app, music station, devotional music and astrology service under one bell radio for 1 month. Songs Music App is a music app service that can be played on the Ncell network only where customers can enjoy listening to different Nepali songs. This app can be started by the customer only from Ncell's network first and then enjoy any networked song music. Customers can use this app for free under this scheme. Likewise, another attractive digital service has the convenience of playing music stations for up to 1 month. Under this music station service, subscribers will be able to listen to any of the songs in €7470 for free for up to 10 minutes every day through any IVR. Customers will be able to turn on this service by typing NY in English text and sending SMS to 17140.


एनसेलका ग्राहकले विश्वका १५ देशमा रहेका आफ्ना परिवारका सदस्यहरु तथा साथीभाइसँग अब अझै सुलभ दरमा कुरा गर्न सक्नेछन् । साथै डिजिटल सेवाहरु १ महिनाको लागि निःशुल्क प्रयोग गर्न सक्नेछन् । नयाँ वर्ष २०७७ को अवसरमा एनसेल प्राइभेट लिमिटेडले बैशाख १ गते (सोमबार) आफ्ना ग्राहकका लागि दुई आकर्षक योजनाहरु ल्याएको घोषणा गरेको छ ।

विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको त्रास र लकडाउनको बढ्दो अवधिसँगै, विदेशमा रहेका आफ्ना परिवारका सदस्य, आफन्त तथा साथीभाइसँग अझ सुलभ दरमा सम्पर्कमा रहिरहन एनसेलले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कलको दरमा छुट गरेको छ । त्यस्तै लकडाउनमा रहेका आफ्ना ग्राहकको मनोरञ्जनका लागि पनि विभिन्न भ्यालु एडेड डिजिटल सेवाहरु निःशुल्क गरेको छ ।

न्यु इयर अफर अन्तर्गत ग्राहकले विश्वका १५ मुलुकमा अन्तर्राष्ट्रिय कल अब मात्र रु २.४९ प्रतिमिनेट (कर सहित रु ३.१८) मा गर्न सक्नेछन् । अन्तर्राष्ट्रिय कलको दरमा छुट गरिएका देशहरुमा भारत, अस्ट्रेलिया, मलेसिया, चीन, जापान, दक्षिण कोरिया, हङकङ्, सिङ्गापुर, संयुक्त अधिराज्य बेलायत, बङ्गलादेश, स्विडेन, न्यूजिल्याण्ड, रोमानिया, भुटान र इन्डोनेशिया पर्दछन् ।

ग्राहकले १७१०७ डायल गरी यो योजना अन्तर्गतको अन्तर्राष्ट्रिय कलमा छुटको फाइदा लिन सक्नेछन् । ग्राहकले एस्ट्रिक्स १७१०७ ह्यास डायल गरी वा अंग्रेजीमा ठुलो ए लेखि १७१०७ मा एसएमएस पठाएर पनि यो योजनाको लाभ लिन सक्नेछन् । यो योजना १ महिनाको लागि मान्य रहनेछ ।

नयाँवर्षकै अर्को योजना अन्तर्गत एनसेलले आफ्ना ग्राहकको मनोरञ्जनको लागि विभिन्न डिजिटल सेवाहरु जस्तै गीत म्युजिक एप, म्युजिक स्टेशन, भक्ति संगीत र एक घण्टी रेडियो अन्तर्गतको ज्योतिष सेवा पनि १ महिनाको लागि निःशुल्क गरेको छ ।

गीत म्युजिक एप एनसेल नेटवर्कमा मात्र सुचारु गर्न सकिने एक संगीतिक एप सेवा हो जहाँ ग्राहकले विभिन्न नेपाली गीतहरु सुन्दै आनन्द लिन सक्छन् । यो एप ग्राहकले पहिला एनसेलको नेटवर्कबाट मात्र सुचारु गर्न सक्छन् र त्यस पश्चात कुनै पनि नेटवर्कवाट गीत संगीतको मजा लिन सक्छन् । यो योजना अन्तर्गत ग्राहकले यो एपको निःशुल्क प्रयोग गर्न सक्छन् । त्यस्तै अर्को आकर्षक डिजिटल सेवामा म्युजिक स्टेशन १ महिना सम्म निःशुल्क चलाउन सकिने सुविधा रहेको छ । यो म्युजिक स्टेशन सेवा अन्तर्गत ग्राहकले १७१४० मा रहेका गीतहरु मध्ये हरेक दिन १० मिनेटसम्म कुनै पनि आइभीआर मार्फत निःशुल्क सुन्न सक्नेछन् । ग्राहकले अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४० मा एसएमएस पठाई यो सेवा सुचारु गर्न सक्नेछन् ।

यसैगरी यस नयाँवर्षको योजना अन्तर्गतनै ग्राहकले अर्को डिजिटल सेवाभक्ति संगीतको पनि १ महिनासम्म निःशुल्क आनन्द लिन सक्नेछन् । यो सेवा अन्तर्गत ग्राहकले धार्मिक गीत संगीत तथा भजनहरु निःशुल्क सुन्न सक्नेछन् । अंग्रेजी ठुलोमा एनवाइ टाइप गरी १७१४८ मा एसएमएस पठाइ ग्राहकले यो सेवा सुचारु गर्न सक्नेछन् । यसका साथै ग्राहकले एक घण्टी रेडियो अन्तर्गत रहेको वार्षिक ज्योतिष परामर्शको पनि १ महिनासम्म निःशल्ुक प्रयोग गर्न सक्नेछन् । ग्राहकले १७१६५ मा डायल गरी दिनमा एक पटक आफ्नो बारेमा २०७७ को ज्योतिष परामर्श लिन सक्नेछन् । उल्लेखित सबै डिजिटल सेवाहरु बैशाख ३० गते सम्म निःशुल्क उपलब्ध हुनेछन् 



Comments

Popular posts from this blog

House Rent Agreement Paper, Ghar Bahal Kar samjhauta patra | घर वहाल सम्झौता पत्र

Hello friends in this post we are going to show you the official format of House rent agreement paper in Nepal. House agreement contract letter in Nepali. House Agreement format prescribed by the government of  Nepal

LLB Second Year Old Exam Question

Here we have listed some old questions of LLB second Year . There are 5 compulsory subjects and 2 optional subjects on LLB second year syllabus . The compulsory and optional subjects of LLB second  year at Tribhuvan University are as follows: Criminal Law Public International Law Property  Law Method of Legal Research and Writing Moot Court, Pre-Trial Preparation and participation in Trial  Evidence Law Refugee Law Labor Law International Air and Space Law Gender and Inclusive Law Election Law Criminology Law of Insurance This the question paper of Public International Law of the annual exam of LLB second year which was held on 2075 Chaitra. LLB Second Year Criminal Law Old Question Paper Tribhuvan University 2075 Attempt Any Five Questions What do you mean by Jurisdiction of Criminal Law ? Distinguish between territorial jurisdiction and extra-territorial jurisdiction ? Define Actus reus ? Explain the principle of No Actus reus and no crime in Nepalese context. State th...

llb first year old question

LLB first-year-old question Constitutional Law Exam Year / 2079 Jurisprudence 2075, LLB first year Constitutional Law (323) , 2075 Administrative Law (328) LLB first year 2075 Family Law 325 / LLB first year 2075 Law of Contract (325) , LLB first year 2076 Tribhuvan University  2075 LL.B / LAW / I Year   Full Marks: 100  Comparative Law and Nepalese  Legal System (324)1  Time: 3 hrs.   candidates are required to give their answers in their own words as far as practicable. All the questions are of equal value.  Attempt any FIVE questions. What t do you mean by comparative approach to legal studies?  Explain. at are the sources of Hindu and Muslim law? Explain.  Are Chinese law and the socialist legal system the same or different? Shed light on the development of socialist law family.  Explain the influences of the major legal system in the Nepalese legal system.  Point out the existing and new features of Nepalese legal system i...