Grade 11 exam cancelled | Class 11 exam cancelled 2020 | Class 11 exam cancelled 2020 Nepal | class 11 exam cancel News
Class 12 exams will be done at Appropriate Time
कोरोनाभाइरस महामारीले स्थगित कक्षा ११ को बोर्ड परीक्षा यसवर्ष नहुने भएको छ।
एसईईकै जस्तो गरी विद्यार्थीको आन्तरिक मूल्यांकनबाट परीक्षाफल प्रकाशित गर्न लागिएको हो।
शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद बैठकले आन्तरिक मूल्यांकनबाटै कक्षा ११ को विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए।
‘विद्यार्थीको आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिने निर्णय भएको छ,’ उनले भने, ‘सम्बन्धित विद्यालयले आफ्ना विद्यार्थीलाई कसरी नम्बर दिने भन्ने कार्यविधि बनाउने जिम्मा राष्ट्रिय परीक्षा बोर्डलाई दिइएको छ।’
शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको परिषद बैठकले परीक्षा रद्द गर्दै आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई सर्टिफिकेट दिने निर्णय गरेको हो।
कोरोना महामारीले परीक्षा सम्भव नभएकोले आन्तरिक मूल्यांकन प्रणाली अपनाउनुपरेको उनले बताए।
‘यस वर्षको कक्षा ११ को परीक्षा रद्द गरिएको हो। अर्को वर्षदेखि के गर्ने भन्ने पछि छलफल गर्छौं,’ उनले भने। गत वर्ष विषय लागेका विद्यार्थीका हकमा कसरी नम्बर दिने भन्ने कार्यविधिले उल्लेख गर्नेछ।
राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो।
श्रोत सेतोपाटी डट कम
>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>>
.....................................................................................................................................................
Class 11 board postponed exams due to corona virus epidemic will not be held this year. Similar to SEE, the results of the examination are being published from the internal assessment of the students.A meeting of the Curriculum Development and Evaluation Council held on Friday decided to give certificates to class 11 students through internal evaluation, said Ganesh Prasad Bhattarai, director of the Curriculum Development Center."It has been decided to issue certificates on the basis of the internal assessment of the students," he said.
The council meeting chaired by Education Minister Giriraj Mani Pokharel has decided to cancel the examination and issue certificates to the students through internal assessment.He said that an internal assessment system had to be adopted as the corona epidemic was not possible."This year's Class 11 exam has been canceled. We will discuss what to do next year, 'he said. The procedure will mention how to give marks in the case of students who took the subject last year.The National Examination Board (NEB) has announced the schedule for the Class 11 examination from April 6 this year, but it was postponed due to the Corona epidemic. However, the board had postponed the class 11 and 12 examinations on March 10.
Comments
Post a Comment