Skip to main content

Exam Form: LLB. 3rd. Year Partial and Chance Exam-2077


Tribhuvan University Office of Examination Controller has Published the notice for the students of LLB third year partial and the student who hadn't able passed the LLB in the time to fill up the exam form.The student who are going to attempt the examination should fill the exam from 2nd Falgun 2076 to 30th Falgun 2076. Student have to fill the from at their own campus.












त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा सञ्चालन हुने ३ वर्षे स्नातक तह तेस्रो वर्षको परीक्षा दिने कानुन सङ्कायका आंशिक परीक्षार्थीहरू र प्राज्ञिक परिषद्को स्थायी समितिको मिति २०७६ साउन २३ गते बसेको बैठकको निर्णय नं. १६(३) को स्नातक तह तीन वर्षे एल. एल. बी. (LLB 3rd. Year) तेस्रो वर्षका समय सिमा नाघेका मौका परीक्षा दिने विद्यार्थीहरूको हकमा २०७७ सालको वार्षिक परीक्षामा एक पटकको लागि मौका परीक्षामा सहभागी गराउने निर्णय भएको हुँदा स्नातक तह तीन वर्षे एल. एल. बि. तेस्रो वर्षका कानुन सङ्काय तर्फका आंशिक परीक्षा दिने र मौका परीक्षा दिने परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा मिति २०७६ साल फागुन १ गते देखि फागुन ३० गते सम्ममा र दोब्बर दस्तुर साधारण म्याद सकिएको एक हप्ता भित्र परीक्षा आवेदन फारम भरी बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।







१) परीक्षा फारम सम्बन्धमाः

क)  परीक्षा आवेदन फारम स्वयं विद्यार्थीले भरी सबै प्रक्रिया पु¥याई आफैले सम्बन्धित कार्यालयमा बुझाउनुपर्नेछ । यसमा अन्यथा हुन गएमा त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुनेछैन । 

ख)  परीक्षा सञ्चालन अवधि सम्म प्रवेशपत्र प्रतिलिपि लिनु परेमा परीक्षा आवेदन फारममा प्रयोग भए अनुसारको फोटो नै पेश गर्नुपर्नेछ । 








२) विषय छनोट सम्बन्धमाः 

परीक्षा आवेदन फारममा त्रि. वि. अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिम (क्याम्पसले स्वीकृत पाएका विषयमा मात्र) का विषयहरूमा भर्नु भरोउनु पर्नेछ र परीक्षा पनि सोहि अनुसार दिनुपर्नेछ । यसमा अन्यथा हुन गइ परीक्षा रद्द भएमा वा ट्रान्सक्रीप्ट लिनबाट बञ्चित भएमा परीक्षार्थी वा क्याम्पस स्वयं जिम्मेवार हुनु पर्नेछ ।

३) परीक्षा आवेदन फारम भर्दा र भराउँदा अनिवार्य रुपले ध्यान दिनुपर्ने कुराहरूः

क)  परीक्षा फारम भर्दा फारमको माथि नियमित परीक्षार्थीले प्रथम वर्षमा कायम भएको परीक्षा रोल नं. र आंशिक परीक्षार्थीले तेस्रो वर्षमा कायम भएको पछिल्लो परीक्षा रोल. नं. अनिवार्य उल्लेख गर्नु पर्नेछ ।  

ख)  परीक्षार्थीहरूले परीक्षा आवेदन फारममा त्रि. वि. रजिष्ट्रेशन नं. अनिवार्यरुपमा उल्लेख गर्नुपर्नेछ ।

ग) परीक्षा आवेदन फारम भर्नको लागि हालसालै खिचेको (साधारण पोसाकमा) पासपोर्ट साइजको २ प्रति फोटो आवश्यक पर्नेछ ।  

घ) क्याम्पसका परीक्षार्थीको परीक्षा आवेदन फारम क्याम्पसले यस कार्यालयमा बुझाउनु अगाडि विद्यार्थीले भरेका प्रत्येक परीक्षा आवेदन फारम र फोटोमा समेत पर्ने गरी क्याम्पस प्रमुखले अनिवार्य रुपमा दस्तखत गर्नुपर्नेछ ।

ङ) परीक्षा आवेदन फारम क्याम्पसहरूले सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन ल्याउँदा परीक्षार्थीको नामावली सहित विषयगत तथ्याङ्क (Subject wise data)  को समष्टीगत फारमको प्रमाणीत एक प्रति Printed copy Soft Copy समेत अनिवार्य बुझाउनु पर्नेछ ।

च) परीक्षा फारमहरू बुझाउन ल्याउँदा परीक्षा शुल्कको शीर्षक सहित परीक्षार्थीको नामावली बनाई पूर्ण शुल्कको विवरण खुलेको पत्र फारम साथै सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा रुजु गरि फारम शाखामा बुझाउनु पर्नेछ । 

छ) उपत्यकाभित्र र उपत्यका बाहिरका सबै क्याम्पसहरूले पहिलो म्याद सकिएको २ दिनभित्र नै परीक्षा दस्तुर रकम बुझाएको बैंक भौचर अनिवार्य रुपमा बनाउन पर्ने छ अन्यथा दोब्बर दस्तुर लाग्नेछ । 

ज) उपत्यकाभित्रका क्याम्पसहरूले पहिलो म्याद सकिएको २ दिनभित्र र काठमाण्डौ उपत्यका बाहिरका क्याम्पसहरूले पहिलो म्याद सकिएको ४ दिनभित्र परीक्षा आवेदन फारम उक्त भौचर सहित सम्बन्धित क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालयमा  र मध्यमाञ्चल क्षेत्र (बागमती प्रदेश र प्रदेश नं. २) का क्याम्पसहरूले परीक्षा नियन्त्रण कार्यालय, बल्खुमा अनिवार्य रुपमा बुझाई सक्नुपर्नेछ ।

झ) क्याम्पसहरूले दोब्बर दस्तुरको म्याद सकिएको भोलिपल्टै परीक्षा शुल्कको बैंक भौचर बनाई उपत्यकाभित्रका क्याम्पसहरूले २ दिन भित्र र उपत्यका बाहिरका क्याम्पसहरूले ४ दिनभित्र अनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाइ सक्नुपर्नेछ ।

ञ) क्याम्पसहरूले दोब्बर दस्तुरको म्याद सकिएको भोलिपल्टनै परीक्षा शुल्कको बंैक भौचर बनाई उपत्यकाभित्रका क्याम्पसहरूले २ दिन भित्र र उपत्यका बाहिरका क्याम्पसहरूले ४ दिनभित्र उक्त दोब्बर दस्तुरको बैंक भौचर चेक सहित अनिवार्यरुपमा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा आवेदन फारम बुझाई सक्नुपर्नेछ । 

ट) परीक्षा फारमहरू बुझाउँदा सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैंक भौचर सहित सर्वप्रथम लेखा शाखामा रुजु गरी फारम शाखामा बुझाउनु पर्नेछ ।











४) परीक्षा शुल्क :

क्र. सं.
शीर्षक
शुल्क
क.
क्याम्पसका नियमित तथा आंशिक परीक्षार्थीका लागि प्रति खण्ड शुल्क
रू. ४७०।
ख.
क्याम्पसका मौका परीक्षार्थीका लागि प्रति खण्ड शुल्क
रू.१०००।– 
ग.
परीक्षा आवेदन फारम शुल्क
रू. ६०।
घ.
परीक्षा केन्द्र शुल्क प्रति खण्ड
रू. १००।
ङ.
प्रयोगात्मक परीक्षा प्रति खण्ड एक विषयका लागि शुल्क                                
रू. १५०।
च.
प्रयोगात्मक परीक्षा दुई वा सो भन्दा बढी विषयका लागि
रू. २७५।
छ.
फिल्ड वर्कटर्म पेपर र प्रोजेक्ट वर्क शुल्क
रू. २७५।

७) परीक्षा शुल्क बुझाउने सम्बन्धमा :

क) काठमाण्डौ उपत्यका भित्र तथा बाहिरका क्याम्पसहरूले परीक्षा शुल्क त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयको ने. बैं. लि. एक्सटेन्सन काउन्टर (Extension counter)  बल्खुको आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोबल आईएमई बैंक लिमिटेडको एक्सटेन्सन काउन्टर बल्खुको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू जम्मा गरेको बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

ख)  क्षे. प. नि. का. विराटनगर क्षेत्रका क्याम्पसहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि. वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय विराटनगर च. हि. नं. १०४००१००९२२१२००००००१ नेपाल बैंक लिमिटेड, बजारअड्डा शाखा, विराटनगरमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

ग) क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय नेपालगञ्ज क्षेत्रका क्याम्पसकाहरूले परीक्षा सम्बन्धी सम्पूर्ण शुल्क त्रि. वि. क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय, नेपालगञ्ज को च. हि. नं. २१०१०१०००००७६ ग्लोबल आइ. एम. इ. बैंक लिमिटेड, त्रिभुवन चोक बाँकेमा रकम बुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।

घ) क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय पोखरा क्षेत्रका क्याम्पसकाहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क त्रि. वि. क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय, पोखराकोे च. हि. नं. ०९१००१०११०१३४००००००१ नेपाल  बैंक लिमिटेड बगर शाखा, पोखरामा रकम वुझाएको बैंक भौचर परीक्षा आवेदन फारम साथै अनिवार्य रुपमा वुझाउनु पर्नेछ ।

ङ) क्षेत्रिय परीक्षा नियन्त्रण कार्यालय अत्तरियाको हकमा क्याम्पसकाहरूले परीक्षा सम्वन्धी सम्पूर्ण शूल्क काठमाण्डौ त्रि. वि. परीक्षा नियन्त्रण कार्यालय वल्खु परीसरमा रहेको नेपाल बैंक लिमिटेड आम्दानी खाता नं. ०४५११६०००९९११०००००१० मा अथवा ग्लोवल बैंक लिमिटेडको आम्दानी खाता नं. ०५०१०१००००५०० मा परीक्षा सम्बन्धी शुल्कहरू नगद जम्मा गरी बैंक भौचर सहित परीक्षा फारम यस कार्यालयमा पेश गर्नुपर्नेछ ।

८) समयावधि थप सम्बन्धमा :

२०६५ पौष १४ गते बसेको त्रि. वि सभाको बैठकबाट पारित भए बमोजिम कुनै परीक्षार्थी दृष्टिविहिन, सुस्त मनस्थिति भएका वा हात सम्बन्धी गम्भीर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारिक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणितपत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सोभन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ ।











द्रष्टब्य :

१) एयर डकुमेन्ट, हुलाक वा कुरीयरद्वारा पठाइएका फारमहरू यस कार्यालयले कुनै पनि हालतमा बुझ्ने छैन ।

२) त्रिभुवन विश्वविद्यालय सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को वुँदा नं.२१७   अनुसार जुन    परीक्षामा सम्मिलत हुने हो सो परीक्षाको लागि योग्य ठहरिएका विद्यार्थीलाई मात्र परीक्षार्थीको रुपमा परीक्षा फारम भराउनु पर्नेछ । अयोग्य परीक्षर्थीलाई परीक्षा फारम भराएमा त्यस्तो फारम भराउने पदाधिकारी, कर्मचारीलाई विभागीय  कारबाही हुनेछ ।

यो सूचना त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयको website: tuexam.edu.np मा हेर्न सकिन्छ ।

Source Official website of TU Exam

Comments

Popular posts from this blog

UEFA Euro 2021 Live Streaming & Broadcasting TV Channels List | Euro Cup 21 full schedule, fixtures and venues

The most popular event on earth is happening now. The name of the game is UFEA Championship is also known as the Euro cup. A total of 24 European nations are competing with each other for the prestigious title in soccer. The defending champion of Eurocup 2021 in Portugal How to watch euro cup 2021? There are different broadcasting channels showing the euro cup live.   Euro Cup 21 full schedule, fixtures, and venues GROUP STAGE 11 June Group A: Turkey v Italy (CET 21:00, Rome) 12 June Group A: Wales v Switzerland (15:00, Baku) Group B: Denmark v Finland (18:00, Copenhagen) Group B: Belgium v Russia (21:00, St Petersburg) 13 June Group D: England v Croatia (15:00, London) Group C: Austria v North Macedonia (18:00, Bucharest) Group C: Netherlands v Ukraine (21:00, Amsterdam) 14 June Group D: Play-off winner C v Czech Republic (15:00, Glasgow) Group E: Poland v Slovakia (18:00, Dublin) Group E: Spain v Sweden (21:00, Bilbao) 15 June Group F: Hu...

SEE Board Topper List

SEE is the most awaited examination of school life for every student. SEE is considered the result of all school life. It is also known as the iron gate. In past years SEE was known as SLC (School Leaving Certificate). Before 2063 the curriculum of the SCC consists of 60% of Class 9 and 40% of Class 10. Being Passed in SEE was the reputation at that time and now too. History of SLC Examination The first SLC exam was held in B.S. 1990, since then there has been an SLC exam every year and there is a ranking of Top 10 every year. We have done some research to make the information about the list of SLC toppers (Board Toppers) since BS 1990. 1990 – Pushpabhakta Malla 1991 – Gopal Prasad Rimal 1992 – Yadunath Khanal 1993 – Shyam Krishna Goutam 1994 – Chandra Dev Ojha 1995 – Tritha Prasad Pradhan 1996 – Bharat Bahadur Pradhan 1997 – Bhuvan Lal Pradhan 1998 – Runulal Singh Suwal 1999 – Tritha Bahadur Pradhan 2000 – Gyan Mani Acharya Dixit 2001 – Vishnu Prasad Dhital 2...

llb first year old question

LLB first-year-old question Constitutional Law Exam Year / 2079 Jurisprudence 2075, LLB first year Constitutional Law (323) , 2075 Administrative Law (328) LLB first year 2075 Family Law 325 / LLB first year 2075 Law of Contract (325) , LLB first year 2076 Tribhuvan University  2075 LL.B / LAW / I Year   Full Marks: 100  Comparative Law and Nepalese  Legal System (324)1  Time: 3 hrs.   candidates are required to give their answers in their own words as far as practicable. All the questions are of equal value.  Attempt any FIVE questions. What t do you mean by comparative approach to legal studies?  Explain. at are the sources of Hindu and Muslim law? Explain.  Are Chinese law and the socialist legal system the same or different? Shed light on the development of socialist law family.  Explain the influences of the major legal system in the Nepalese legal system.  Point out the existing and new features of Nepalese legal system i...